काठमाडौं । एनसेलले सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याएको छ ।
टावर सञ्चालनमा आएसँगै मार्माको लट्टिनाथ क्षेत्रमा फोरजीसहितका दूरसञ्चार सेवा उपलब्ध हुन थालेका छन् ।
स्थानीय बासिन्दाको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखेर टावर जडान गरिएको एनसेलले जनाएको छ ।
नयाँ टावरबाट स्थानीय बासिन्दासँगै अपि हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिका लागि त्यस क्षेत्रमा पुग्ने पर्यटकलाई पनि सहज सञ्चार सुविधा पुग्ने कम्पनीको भनाइ छ ।
एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले नयाँ टावर सञ्चालनसँगै दुर्गम क्षेत्रमा फोरजी सेवाको पहुँच विस्तार भएको बताइन् ।
उनले दुर्गमदेखि सुगम क्षेत्रसम्म गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन कम्पनी प्रतिबद्ध रहेको बताइन् ।
एनसेलका अनुसार हाल कम्पनीले देशभर ४ हजार ५०० भन्दा बढी टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा दिँदै आएको छ । मार्मामा सञ्चालनमा ल्याइएको नयाँ टावरबाट टुजी र फोरजी सेवा उपलब्ध हुनेछ ।
नयाँ टावरले दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँच सुधार गर्नुका साथै अपि हिमाल क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया