काठमाडौं । युवाको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई जोड्ने उद्देश्यले आयोजना गरिएको ‘पल्सर आरपीएम’ बुटवलमा सम्पन्न भएको छ ।
बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २ हजार ५ सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी र डिजे प्रस्तुतिलगायतका गतिविधि भएका थिए । पल्सर एन१६० मार्फत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको आकर्षण बढाएको थियो ।
कार्यक्रममा स्थानीय कलाकार, राइडर तथा विभिन्न क्षेत्रका प्रतिभाले प्रस्तुति दिएका थिए । स्थानीय डिजे पिज्जा र डिजे नकआउटले पनि प्रस्तुति दिएका थिए ।
त्यस्तै, पल्सर एन१६० र एनएस२०० को डिस्प्ले तथा टेस्ट राइड जोन राखिएको थियो । सहभागीले मोटरसाइकललाई नजिकबाट हेर्नुका साथै टेस्ट राइडको अनुभवसमेत लिन पाएका थिए ।
कार्यक्रममा कफी, खानाका परिकार तथा गिफ्टका स्टलसमेत राखिएका थिए । यसले सहभागीलाई मनोरञ्जनसँगै विभिन्न गतिविधिमा सहभागी हुने अवसर दिएको थियो ।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय युवा तथा प्रतिभालाई आफ्नो सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने मञ्चका रूपमा आयोजना गरिएको बजाज पल्सरले जनाएको छ ।
काठमाडौंमा सुरु भएको पल्सर आरपीएम बुटवलसम्म विस्तार भएको हो । अब यो कार्यक्रम नयाँ सहर र समुदायसँग जोडिँदै अघि बढ्ने बजाज पल्सरले जनाएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा सहभागी सबैलाई बजाज पल्सरले धन्यवाद दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया