काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत सभापति पदमा ३ जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठोरको उम्मेदवारी परेको हो ।
सभापतिमा गगन सर्वसम्मत हुने चर्चाकाबिच थप दुई जनाले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिएका खड्गी काठमाडौं क्षेत्र नं ६ का पूर्व क्षेत्रीय सभापति एवं नेपाली कांग्रेस काठमाडौंका पूर्व सहसचिव समेत हुन् । यता अर्का उम्मेदवार राठौर कांग्रेसको पूर्व सहमहामन्त्री समेत हुन् ।
यसैगरी कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ । उनको एकल उम्मेदवारी पर्दा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी उपसभापतिमा महिलातर्फ पुष्पा भुसालको उम्मेदवारी परेको छ ।
खुलातर्फ ९ जनाको उम्मेदवारी परेको छ । कांग्रेसले विधान संशोधन गरेर ४ उपसभापतिको व्यवस्था गरेको छ । जसमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव रहेका छन् ।
यता समावेशीतर्फ ५ जनाको उम्मेदवारी रहेको छ । जसमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्ण रहेका छन् ।
यसैगरी खुला महामन्त्रीमा ८ जना र महिला महामन्त्रीमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा प्रदिप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा सुनिल शर्मा, डा सन्तोष उपाध्याय रहेका छन् ।
यस्तै महिला महामन्त्रीमा ३ जनाको उम्मेदवारी परेको छ । जसमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल रहेका छन् ।
नेपाली कांग्रेसको विधान संशोधन गरेर पदाधिकारीसहित केन्द्रीय समितिको आकार समेत बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया