नेप्सेमा १२ अंकको सुधार, ११ उपसमूह बढ्दा पनि कारोबार ३ अर्बमै सीमित

लोकपथ
7
Shares

काठमाडौं । लगातार दुई कारोबार दिनको गिरावटपछि मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अंकले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ। तर बजार परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स २ अंकले बढेर ४६२.३८ विन्दुमा पुगेको छ। फ्लोट इन्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७५ अंकले बढेको छ ।

यस दिन ३५९ कम्पनीको ८९ लाख ५५ हजार कित्ता सेयर ४१ हजार ६०७ पटक किनबेच भएको छ । कुल कारोबार रकम ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। सोमबार बजारमा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.११ प्रतिशत बढेको छ । मूल्य बढ्ने अन्य कम्पनीको वृद्धि भने ४ प्रतिशतभन्दा कम छ । यता सर्वोत्तम पेन्ट्सको सेयर मूल्य करिब ५ प्रतिशत घटेको छ भने एआईबीएल ग्रोथ फन्डको इकाइ मूल्य करिब साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। लिबर्टी इनर्जीको करिब १४ करोड रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको साढे ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह ४१.१० अंकले बढ्दै सबैभन्दा अगाडि रहेको छ। लघुवित्त र निर्जीवन बीमा उपसमूह भने सामान्य घटेका छन् ।

यसअघि सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा बन्द भएको थियो। त्यस दिन पनि कारोबार रकम ३ अर्ब २७ करोड रुपैयाँमा सीमित थियो ।

दुई दिनको लगातार गिरावटपछि मंगलबार नेप्सेमा सुधार आए पनि कारोबार रकम ३ अर्बकै आसपास सीमित रहनुले बजारमा कारोबारको गति भने अझै बलियो हुन नसकेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?