भाटभटेनीमा सामान किन्नुहोस्, अनि जित्नुहोस् २ वटा नयाँ टाटा पन्च ईभी

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ ।

दशैँ, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।

यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाईएको इलेक्ट्रिक एसयुभी, नयाँ टाटा पन्च ईभी नै जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ ।

योजना अन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा २,५०० वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार प्रदान गरिनेछ ।

साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले जनाएको छ । यो चाडपर्वमा भाटभटेनीमा सपिङ्ग गर्दा ग्राहकहरुले २ नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन् ।

यो टाटा मोटर्स र भाटभटेनीबिचको नयाँ सहमति भने होइन । यसअघि पनि दुई पटक यो सम्झौता भइसकेको छ । आफूहरु भाटभटेनीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको सिप्रदी ट्रेडिङ प्रालिमा प्यासेन्जर भेहिकल बिजनेस युनिटको जनरल म्यानेजर (प्रमुख) सावन्तजंग सिजापतिले जानकारी दिए ।

‘यो तेस्रोपटक गरिएको सम्झौता हो । हामी तेस्रोपटक सम्झौता गर्न आउनुको मतलब यसभन्दा अघिका दुई वटा सिजनमा राम्रो भएको बुझाउँछ,’ सिजापतिले हस्ताक्षर कार्यक्रममा भने, ‘ग्राहकहरुको मन जितिरहेको भाटभटेनी र गाडी पारखीहरुको प्रमुख ब्राण्ड बन्न सकेको टाटाबिचको यो सम्झौता दीर्घकालसम्म जानेमा विश्वस्त छौँ ।’

यता भाटभटेनीका हेड अफ बिजनेस डेभलपमेन्ट आलोकजंग जोशीले टाटासँग सहकार्य गरेर अघि बढ्न पाउँदा खुसी लागेको बताए । साथै दुई पटक सहकार्यले राम्रो गन्तव्य पच्छाएका कारण अहिले त्यसले निरन्तरता पाएको र यो पटक पनि धेरै ग्राहकहरु तान्न सक्ने उनले बताए ।

‘सवारी किन्नेहरुको मुख्य ब्राण्ड टाटा मोटर्स र किनमेलका लागि आम नेपालीको गन्तव्य बनेको भाटभटेनीबिचको सहकार्य नयाँ होइन । तीन वर्षदेखि हामी सहकार्यमा रहेका कारण पनि केही न केही राम्रो भएर नै हो,’ उनले भने, ‘भाटभटेनीमा सामान किन्दा ग्राहकहरुले दुई तरिकाले टाटा ईभी जित्न सक्नुहुनेछ । नेपाल पे क्यूआरबाट पे गर्नुभयो भने अटोमेटिकल्ली क्वालिफाइ हुनुहुन्छ । र क्याससहित अन्य माध्यमबाट पे गर्नु भयो भने पनि लक्की ड्रबाट जित्न सक्नुहुन्छ ।’

उनका अनुसार गत वर्ष १८ लाख जनाले सहभागिता जनाएका थिए । ‘अझै यो पाली त्यो भन्दा धेरैजना सहभागि हुनुहुन्छ भन्ने हाम्रो आशा छ,’ उनले भने ।

नयाँ पञ्च ईभी : चाडपर्वको उपहार मात्र होइन, नयाँ पुस्ताको रोजाई पनि

यस योजनाको सबैभन्दा ठूलो आकर्षण बनेको नयाँ टाटा पन्च ईभी अहिलेको बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको आधुनिक इलेक्ट्रिक एसयुभी हो । नयाँ पन्च ईभीमा विद्युतीय ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।

अत्याधुनिक ‘एक्टि. ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् ।

यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ C DC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।

टाटा मोटर्स नेपालमा रहेको २० वटा शोरुमसँगै अब नेपालभरीको २८ वटा भाटभटेनीमा पनि टाटा कारको जानकारी लिन सकिने छ । यसको साथै यो चाडपर्वको बेलामा भाटभटेनीमा सपिङ्ग गर्ने टाटा कारको ग्राहकहरुले थुप्रै सरप्राइज पाउने कम्पनिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?