कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी दर्ता

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशनमा महामन्त्री पदमै उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

दोस्रो विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेलले १५ औँ महाधिवेशनमा पनि सोही पदमा उम्मेदवारी दिएका हुन् ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ । महामन्त्री पदमा पौडेलसँगै डिला संग्रौला र रिता खनालले महिला समूहबाट तथा शंकर तिवारी, सुनिल शर्मा र नैनसिंह महरले खुलातर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?