सेयर बजारमा २० अंकको गिरावट, ३ अर्ब २७ करोडको कारोबार

लोकपथ
28
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट आएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ अंकमा झरेको छ ।

सोमबार ९० लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका कम्पनीमध्ये ३२ वटाको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको मूल्य घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बढ्ने कम्पनीतर्फ स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य ५.७५ प्रतिशतले बढेको छ। नेपाल एसबीआई बैंक डिबेन्चर ४.९८ प्रतिशत, ग्लोबल आईएमई समुन्नत योजना ४.९८ प्रतिशत, नबिल ब्यालेन्स फन्ड ३.३३ प्रतिशत र नबिल डिबेन्चरको मूल्य ३.२८ प्रतिशतले उक्लिएको छ ।

सोमबार नेप्सेका १३ मध्ये १२ वटा उपसूचक घटेका छन् । ट्रेडिङ उपसूचक भने सामान्य अंकले बढेको छ ।

यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घटेको छ । अधिकांश उपसूचकमा गिरावट आएपछि समग्र सेयर बजार परिसूचक पनि दबाबमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?