काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्दोलनका क्रममा शिक्षा, रोजगारी वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित तथा घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ ।
काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा यस्तो व्यवस्था गर्ने उल्लेख गरिएको हो ।
प्रस्तावअनुसार कोषबाट सम्बन्धित परिवारका सदस्यको शिक्षा र स्वास्थ्यमा सहयोग गरिनेछ। कोष पारदर्शी रूपमा सञ्चालन गर्ने तथा नियमित लेखापरीक्षण गर्ने व्यवस्था गरिने कांग्रेसले जनाएको छ।
त्यस्तै, सामाजिक तथा राष्ट्रिय महत्वका विषयमा नागरिकसँग पार्टीलाई प्रत्यक्ष जोड्न ‘नेपाली कांग्रेस फर नेसन (एनसी फर एनसी)’ अभियान सञ्चालन गर्ने प्रस्ताव पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया