काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाउने प्रस्ताव अघि सारेको छ ।
खुलामञ्चमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी संख्या बढाउने प्रस्ताव निर्णयार्थ बन्द सत्रमा लैजाने निर्णय गरेको हो ।
प्रस्तावअनुसार कांग्रेसमा नयाँ वरिष्ठ उपसभापति पद सिर्जना गरिनेछ । यस्तै, उपसभापतिको संख्या महिलासहित ३, महामन्त्री ३ र सहमहामन्त्री १५ जना बनाउने प्रस्ताव गरिएको छ ।
यसअनुसार कांग्रेसमा वरिष्ठ उपसभापति १, उपसभापति ३, महामन्त्री ३ र सहमहामन्त्री १५ गरी कुल २२ जना पदाधिकारी रहनेछन् ।
केन्द्रीय समितिबाट पारित प्रस्तावलाई अब बन्द सत्रमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया