प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान, कामुको जिम्मेवारी केसीलाई

लोकपथ
0
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका चिफ अफ जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा उनी आज बेलायत गएका हुन् ।

जङ्गी अड्डाका अनुसार सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् ।

सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी केसीले बिदाइ गरेका थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायतमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?