नेपाल लाइफको ‘स्टार अवार्ड’मा १ हजार ६४ अभिकर्ता सम्मानित

लोकपथ
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १ हजार ६४ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई ‘स्टार अवार्ड २०८२/८३’ प्रदान गरेको छ ।

कम्पनीले देशका सातै प्रदेशमा आयोजना गरेको अवार्ड कार्यक्रम असोज ४ गते इटहरीबाट सुरु भई असोज १५ गते पोखरामा सम्पन्न भएको हो । यसबीच बर्दिबास, बुटवल, नारायणगढ, काठमाडौं, धनगढी र सुर्खेतमा पनि कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा कुल २ हजार ५ सय ८१ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए । उनीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १ हजार ६४ जनालाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ता कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँगको सम्बन्ध निर्माणको महत्वपूर्ण आधार रहेको बताए । उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई प्राथमिकता दिएर काम गर्न आग्रह गरे ।

नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित अभिकर्तालाई बधाई दिँदै आगामी दिनमा थप प्रतिबद्धता र व्यावसायिक सोचका साथ अघि बढ्न आग्रह गरे ।

कम्पनीका अनुसार ‘स्टार अवार्ड’ उत्कृष्ट कार्यसम्पादनको सम्मानसँगै अभिकर्ताको ज्ञान, क्षमता र व्यावसायिक विकासका लागि अनुभव आदानप्रदान गर्ने प्लेटफर्मका रूपमा समेत सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?