कांग्रेसमा उपसभापतिको संख्या थपिए, भीष्मराज आङ्देम्बेले उम्मेदवारी दिने

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिको संख्या थप भए आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

कांग्रेसले विधान संशोधनमार्फत उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने तयारी गरेको छ । विधान संशोधनपछि थपिने उपसभापति पदमा आङ्देम्बेले प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।

आङ्देम्बे १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । उनी हाल कांग्रेस संसदीय दलका नेतासमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?