दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार

लोकपथ
21
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार आज बजार ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा रोकिएको छ ।

आज नेप्से परिसूचक ०.४५ प्रतिशतले घटेको हो। बजार घटे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा बढी भएको छ ।

शुक्रबार ३५६ धितोपत्रको ४३ हजार ६८५ पटक कारोबार भएको छ। यस क्रममा १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको सूचक घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहमा सबैभन्दा धेरै गिरावट आएको छ ।

त्यस्तै, एनएमबी डिबेन्चरको मूल्य सबैभन्दा धेरै १४.२९ प्रतिशतले बढेको छ । एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशतले बढेको छ। मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र एनआईबीएल ग्रोथ फन्डलगायतका धितोपत्रको मूल्य पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?