कैलालीको सामुदायिक वनमा बाघको आक्रमण, एक जनाको मृत्यु

लोकपथ
35
Shares
फाइल तस्बिर

कैलाली । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चौधरीसहित तीनजना बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए । च्याउ टिप्ने क्रममा बाघले चौधरीमाथि आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए । चौधरीसँगै वनमा गएका अन्य दुईजना भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?