अधिक तरलता व्यवस्थापन गर्न १८ अर्ब तान्दै राष्ट्र बैंक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज १८ अर्ब रुपैयाँ निक्षेपका रूपमा तान्ने भएको छ ।

राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम तान्न लागेको हो । यसको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा बोलकबोल गर्न सक्नेछन् ।

रकम राख्न चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १८ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले भाग जाने गरी हुनुपर्नेछ ।

यसरी संकलन गरिएको १८ अर्ब रुपैयाँको साँवा तथा ब्याज राष्ट्र बैंकले आगामी कात्तिक १३ गते भुक्तानी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?