काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन बुधबारकै मूल्य बिहीबार पनि कायम छ ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । बुधबार पनि सुन सोही भाउमा कारोबार भएको थियो ।
यस्तै बिहीबार चाँदीको भाउ पनि स्थिर छ । चाँदी आज पनि ४ हजार ४ सय २५ रुपैयाँ तोलामै कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया