काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् ।
महासभा तथा सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकमा सहभागी भएर मन्त्री खनाल बुधबार बिहान स्वदेश फर्किएका हुन् । उनी महासभामा सहभागी हुन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ शीर्षकमा जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गरेका थिए ।
त्यस्तै, उनले विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय बैठकमा सहभागिता जनाएका थिए । भेटवार्ता तथा बैठकमा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
मन्त्री खनालको सक्रिय सहभागिता, भेटवार्ता र छलफलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि तथा प्रतिष्ठा अभिवृद्धिमा योगदान पुगेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया