काठमाडौं । सरकारले इन्जिनियरिङ सेवा (प्राविधिक) तर्फ जगदिश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्माचार्यलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद्ले बढुवा भएका कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।
यससँगै कर्माचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्राविधिक सचिवका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया