बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?

लोकपथ
0
Shares

काठमाडौं । पछिल्ला दिनमा घट्दो क्रममा रहेको सुन चाँदीको भाउ आज भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य हिजो मंगलबारको भन्दा दुई हजार आठ सय रूपैयाँ बढी हो ।

मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । सुन मंगलबार प्रतितोला तीन हजार ८०० रूपैयाँ घटेको थियो ।

यस्तै, मंगलबार प्रतितोला चार हजार ३९५ रूपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढी हो । चाँदी हिजो तोलामा ११५ रुपैयाँले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?