नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जिल्लाका विभिन्न पालिकाको अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
१२ वटा पालिकामध्ये नुवाकोट क्षेत्र नं १ मा रहेका ७ वटा पालिकामा नयाँ नेतृत्व चयन भएको हो । जसमा ५ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन हुँदा २ वटा पालिकामा निर्वाचन भएको हो ।
जसअन्तर्गत दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका, लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका, सुर्यगढी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन हुँदा ककनी गाउँपालिका र पञ्चकन्या गाउँपालिकामा भने निर्वाचनमार्फत् नेतृत्व चयन भएको हो ।
निर्वाचन समितिका अनुसार तादी गाउँपालिकामा यादव खनाल, लिखु गाउँपालिकामा धनन्जय उप्रेती, शिवपुरी गाउँपालिकामा प्रल्हाद थापा, दुप्चेश्वर गाउँपालिकामा शशि आचार्य, सूर्यगढी गाउँपालिकामा दिपेन्द्र गिरी पालिका सभापतिमा सर्वसम्मत निर्वाचित भए ।
यता ककनी गाउँपालिका पम्बर लामा र पञ्चकन्या गाउँपालिकाको सभापतिका लागि भएको निर्वाचनबाट सभापतिमा प्रकाश पण्डित निर्वाचित भएका हुन् ।
सबै पालिकाहरुमा सर्वसम्मतको प्रयास गरे पनि दुई पालिकामा भने सर्वसम्मत नेतृत्व चयन हुन नसकेको तर स्वच्छ ढंगले आन्तरिक प्रतिष्पर्धा भएको नेपाली कांग्रेस नुवाकोटका निवर्तमान सभापति एवं नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
नुवाकोटको क्षेत्र नं २ अन्तर्गत रहेका अन्य ५ वटा पालिकामध्ये कतिपयमा आजै नेतृत्व चयन भएको छ भने कतिपयमा भोलि मात्र टुंगो लाग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया