आईसीएफसी फाइनान्सले पारित गर्‍यो १०.५२६३ प्रतिशत नगद लाभांश

लोकपथ
14
Shares

काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २३औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेज, पिपलबोटमा साधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा ‘एसएआर एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

फाइनान्सका अनुसार साधारण सभा दिउँसो १२ः३० बजे सम्पन्न भएको हो। सभाबाट पारित नगद लाभांश मंगलबार नै सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिनेछ ।

हाल आईसीएफसी फाइनान्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको छ । फाइनान्सले २१ वटा शाखामार्फत १ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म फाइनान्सले २२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?