घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
84
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । सोमबार भने प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। सोमबार सुनको मूल्य ५ हजार रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला चाँदी ११५ रुपैयाँले सस्तिएर ४ हजार ३९५ रुपैयाँमा कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो । यसअघि सोमबार पनि चाँदीको भाउ १४५ रुपैयाँले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?