काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको हिमालय टेलिभिजनमार्फत हुने प्रत्यक्ष प्रसारणका लागि रेड बुल टाइटल स्पोन्सरका रूपमा आबद्ध भएको छ ।
यस सहकार्यसँगै हिमालय टेलिभिजनमा एनपीएलको प्रत्यक्ष प्रसारण रेड बुलको मुख्य प्रायोजनमा प्रस्तुत हुनेछ । नेपालमा क्रिकेटप्रतिको बढ्दो उत्साह र एनपीएलको लोकप्रियतालाई थप उचाइमा पुर्याउने उद्देश्यले रेड बुल र हिमालय टेलिभिजन नेटवर्कबीच सहकार्य भएको हो ।
सहकार्यअन्तर्गत प्रत्यक्ष खेल प्रसारणसँगै खेलअघि र खेलपछि विशेष कार्यक्रम, विश्लेषण तथा प्रतियोगिताका प्रमुख क्षणहरू समेटिनेछन् । यसमार्फत दर्शकलाई थप आकर्षक र सम्पूर्ण क्रिकेट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
रेड बुल नेपालका तर्फबाट सरस बेभरेजेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले नेपाली दर्शकको क्रिकेटप्रतिको उत्साहसँग रेड बुलको स्वाभाविक सम्बन्ध रहेको बताए ।
‘रेड बुल सधैँ ऊर्जा, खेलकुद र उत्कृष्ट प्रदर्शनसँग जोडिएको ब्रान्ड हो । क्रिकेटप्रति नेपाली दर्शकको जुन उत्साह र ऊर्जा छ, त्यससँग रेड बुलको स्वाभाविक सम्बन्ध छ,’ उनले भने, ‘यो साझेदारीमार्फत हामी क्रिकेटको उत्साहलाई अझ धेरै दर्शक र समर्थकसम्म पुर्याउन चाहन्छौँ ।’
हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले एनपीएलको प्रसारण यात्रामा रेड बुलजस्तो विश्वव्यापी ब्रान्डलाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित रहेको बताए ।
रेड बुल र हिमालय टेलिभिजनबीचको यो साझेदारीले ब्रान्ड, खेलकुद र दर्शकलाई एउटै प्लेटफर्ममा जोड्दै नेपालमा खेलकुद प्रसारण तथा स्पोर्ट्स मार्केटिङको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया