खराब मौसमले हवाई उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप

लोकपथ
0
Shares

काठमाडौं । खराब मौसम र अपर्याप्त भिजिबिलिटीका कारण देशका विभिन्न स्थानमा हवाई उडान प्रभावित भएका छन् ।

निरन्तरको वर्षा र धुम्म मौसमका कारण भिजिबिलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या आएको हो ।

मौसम प्रतिकूल भएपछि पोखरा, भरतपुर र तुम्लिङटारमा हवाई उडान हुन सकेको छैन ।

उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ । उडान हुन नसकेपछि यात्रुहरू विमानस्थलमै प्रतीक्षामा बस्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?