कांग्रेस १५औँ महाधिवेशन : ‘३५ तलको कोटामा होइन, खुलामा युवा’

लोकपथ
273
Shares

काठमाडौं । यो पटकको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वडा तहदेखि नेतृत्व चयन हुँदै नेतृत्व तहसम्म युवाहरुको वर्चश्व हुने भएको छ । विशेष महाधिवेशनबाटै विधानमा युवाहरुलाई समेट्ने लक्ष्य राखेको कांग्रेसको तल्लो तह वडादेखि पालिका क्षेत्र जिल्ला हुँदै केन्द्रसम्म युवाहरुको बाहुल्यता हुनेछ ।

विधानमा नै महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय समितिमा समेटिने लक्ष्य कांग्रेसले राखेको छ ।

जेनजी विद्रोहपछि कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको बहस चल्यो, विशेष महाधिवेशनले नयाँ नेतृत्व स्थापित गर्‍यो । यहीबिच हुन लागेको १५औँ महाधिवेशनमा देशभरबाट ३५ वर्ष भन्दा कम उमेरका युवाहरु ४९५ जना महाधिवेशन प्रतिनिधिका रुपमा आउँदैछन् । प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जना महाधिवेशन प्रतिनिधि ३५ वर्ष भन्दा कम उमेर समूहका आउँदैछन् ।

राजनीतिमा चासो राख्ने, युवा जोश भएकाहरुलाई समेट्न कांग्रेसले कोटा नै बनाएर महाधिवेशन प्रतिनिधिहरु ल्याउन लागिरहेको छ । तर कतिपय युवाहरु यस्ता छन्, जो आफू कोटामा नभइ खुलामा महाधिवेशन प्रतिनिधि बन्न चाहन्छन् । त्यसमध्ये एक हुन् झापा क्षेत्र नं ५ का शिव खड्का सुमन आफूलाई ३५ वषर्् भन्दा तलको कोटामा भन्दा खुलामा आफू मैदानमा उत्रिन चाहेको बताउँछन् । क्षेत्रीय प्रतिनिधि बनेर महाधिवेशन प्रतिनिधि लड्ने चाहना राखेका उनले ‘३५ तलको कोटामा होइन खुलामा युवा’ नारा दिएर अघि महाधिवेशन लड्ने तयारीमा छन् ।

कानुनका विद्यार्थी समेत रहेका खड्का हाल नेपाल विद्यार्थी संघ झापा–काठमाडांै सम्पर्क समितिको सचिव र पुर्वान्चल विश्वविद्यालय कानुन संकाय नेविसंघ सभापतिको रुपमा कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?