कविता : नबिर्सने पीडा

लोकपथ
0
Shares

कोइराला भेषराज

उत्तरबाट भोटेकोशी सलल बग्दथ्यो,
सधैँभरी कलकल सङ्गीत भर्दथ्यो ।
हिउँद वर्षा सधैँसधैँ एकै चालमा हिँड्दथ्यो,
ब्रम्हाण्डमा सुन्दरताको एक अनुपम किल्लाथ्यो ।

मानिस पनि खोलासँगै खुसी हुँदै रम्दथे
धर्म, व्यापार सँगसँगै मनोरञ्जन गर्दथे
प्रकृतिको सुन्दरताले पर्यटकलाई तान्दथ्यो
मानिसले बल्ल तल्ल प्रकृतिलाई चुम्दथे ।

मानिस र प्रकृतिको नमेटिने नाता थियो,
पुस्तौपुस्ता सँगै बस्ने नलेखेको बाचा थियो ।
भोटेकोशी सधैँ झै गन्तव्यमा मस्त थियो,
मानिस आफ्नै दिनचर्यामा मस्त अनि व्यस्त थियो ।

अचानक हिमालमा हिउँको कत्रो पैरो गयो,
लेन्दे खोला बौलाएर सुनामी नै पैदा गर्‍यो ।
भोटेकोशी उर्लिएर लालावाला खोसी लग्यो,
इतिहास मै नबिर्सिने पीडा मात्रै छोडी गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?