नेपाल इन्स्योरेन्स ८०औं वर्षमा प्रवेश, ५४ शाखाबाट बीमा सेवा

लोकपथ
0
Shares

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ८०औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले ७९औं वार्षिकोत्सव पूरा गर्दै आजदेखि ८०औं वर्षमा प्रवेश गरेको हो ।

नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भएको कम्पनीले वि.सं २००६ सालमा उद्योग परिषद्बाट इजाजत प्राप्त गरेको थियो ।

विसं २०१६ सालमा कम्पनीको नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड बनाइएको थियो । त्यसपछि वि.सं २०४८ सालमा पुनः नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गरिएको हो ।

कम्पनीले बीमा ऐन २०७९, बीमा नियमावली २०८१ तथा कम्पनी ऐन २०६३ बमोजिम विगत ७९ वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

हाल कम्पनीमा २१८ कर्मचारी कार्यरत छन् भने देशभर ५४ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

८०औं वर्ष प्रवेशको अवसरमा कम्पनीले आफ्ना शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी, सर्वेयर, बीमा अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?