काठमाडौं । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सिता एयरको सानो विमान दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार १३ जना यात्रु बोकेको विमानको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटना भएको हो ।
डीएसपी अनिल गिरीका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल छन् । विमान बिहान ८ बजेर २५ मिनेटमा दुर्घटनामा परेको हो। विमानमा सात जना विदेशी नागरिक पनि थिए ।
नाइ–एन–एजेएच कलसाइनको विमान धावनमार्गमै रोकिएपछि जुफाल विमानस्थलबाट हुने अन्य उडान अवरुद्ध भएका छन् । हाल धावनमार्ग मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया