विराटनगर । लगातार वर्षा हुन थालेपछि मोरङको विराटनगर महानगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान विभागले आजदेखि ठूलो वर्षा हुने सूचना जारी गरेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
विराटनगर महानगरपालिकाले असोज ८ र ९ गते विद्यालय बन्द गर्ने जनाएको छ । महानगरपालिकाका महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार लगातारको वर्षालाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द गरिएको हो ।
यस्तै, इटहरी उपमहानगरपालिकाले पनि दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गएरातिदेखि नै वर्षा हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
कोशी प्रदेशका अधिकांश जिल्लामा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको स्थानीय तहहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया