काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७.०६ अंकले बढेर २६ सय ५१ दशमलव २४ बिन्दुमा रोकिएको छ ।
नेप्सेसँगै यसदिन कारोबार रकम पनि बढेको छ । आज ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रूपैयाँमा कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन गत शुक्रबार २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स समुहका उपसूचब बढेका छन् भने अन्य समुहको उपसूचक सर्वाधिक १.३६ प्रतिशतले बढेको छ । बाँकी उपसूचकहरू घटेका छन् ।
आज १३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटाको घटेको छ। यस्तै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसदिनको कारोबारमा मिडसोलु हाइड्रोपावरको सेयर मूल्य १४।९९ प्रतिशत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया