काठमाडौं । पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । यसअनुसार कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउने उद्देश्यसहित लगानी गर्दै आएको जनाएको छ । ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नाराका साथ कम्पनीले ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार र पर्यटनलगायत विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया