काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस २६ एफई सार्वजनिक गरेको छ ।
वान युआई ९ सहित सार्वजनिक गरिएको यो फोनमा क्यामेरा, ग्यालेक्सी एआई र डिजाइनमा सुधार गरिएको कम्पनीले जनाएको छ । फोनलाई पातलो र हल्का बनाइएको छ ।
ग्यालेक्सी एस २६ एफईमा सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङ सिस्टम रहेको छ । यसले फोटो खिच्न र एडिट गर्न सहज बनाउने कम्पनीको भनाइ छ ।
फोनमा नयाँ ‘माइ फ्यानक्याम’ सुविधा पनि राखिएको छ। यसले भिडियो खिच्दा छनोट गरिएको व्यक्तिलाई आफैं ट्र्याक गरी फ्रेमको बीचमा राख्छ । त्यस्तै, ‘सुपर स्टेडी’ सुविधाले भिडियो खिच्दा दृश्यलाई स्थिर र सीधा राख्न मद्दत गर्छ ।
यसमा ३ एक्स अप्टिकल जुम र नाइटोग्राफी सुविधा पनि रहेको छ । नाइटोग्राफीले कम प्रकाशमा पनि स्पष्ट फोटो खिच्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
वान युआई ९ का साथ फोनमा विभिन्न ग्यालेक्सी एआई सुविधा उपलब्ध छन् । यसअन्तर्गत ‘नाउ ब्रीफ’ सुविधालाई थप व्यक्तिगत बनाइएको छ । प्रयोगकर्ताले मौसम, स्वास्थ्यलगायत आफूलाई आवश्यक जानकारीका लागि ब्रीफिङ कार्ड रोज्न सक्नेछन् ।
ग्यालेक्सी एस २६ एफई (८र२५६ जीबी) को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन किस्ताबन्दीमा पनि खरिद गर्न सकिनेछ। १२ महिनाको किस्तामा मासिक ६ हजार रुपैयाँ र २४ महिनाको किस्तामा मासिक ३ हजार २५६ रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
फोन पिस्टाचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रङमा उपलब्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया