चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार रोनाल्डो शनिबार बिहान चितवनको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल नजिकैको कुमाल ताल क्षेत्रमा मृत भेटिएको हो ।
रोनाल्डोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको थापामगरले जानकारी दिए । निकुञ्जका अनुसार रोनाल्डो ३८ वटा छावाको बाबु हो ।
करिब २४ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा देखिएको रोनाल्डो हात्ती प्रजनन केन्द्र आसपास बस्दै आएको थियो ।
प्रजनन केन्द्रमा रहेका पोथी हात्तीलाई गर्भधारण गराउन पनि रोनाल्डोलाई प्रयोग गरिँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया