साताको अन्तिम कारोबार दिन २२.८५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडको कारोबार

लोकपथ
35
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८५ अंकले बढेको छ । बजार परिसूचक ०.८७ प्रतिशतले वृद्धि हुँदै २,६४७.२२ विन्दुमा पुगेको हो ।

शुक्रबार बजारमा कुल ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार अवधिमा २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर किनबेच भएका छन् ।

बजारमा बढ्ने कम्पनीको संख्या उल्लेख्य रह्यो । शुक्रबार १९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

आज १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १.५२ प्रतिशतले बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंकले घटेको छ ।

यससँगै साताको अन्तिम कारोबार दिन समग्र बजारमा खरिद चाप देखिएको छ । कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा माथि रहनुले बजारमा लगानीकर्ताको सक्रियता बढेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?