इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
7
Shares

इलाम । देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैताका ३५ वर्षीय चालक तीर्थराज बस्नेतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार दुर्घटनामा बोलेरोले किचेर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

गाउँको भित्री सडकमा बोलेरो दुर्घटना भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत मात्रै सवार थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?