सरकारले भन्यो– ‘चिनीको पर्याप्त आपूर्ती छ, आत्तिनु पर्दैन’

लोकपथ
0
Shares

काठमाडौं । बजारमा चिनीको अभाव भएको भन्दै बाहिर चर्चा चले पनि वास्तविकता त्यस्तो नरहेको पाइएको छ ।

उद्योग मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभावबारे फैलिएको अफवाहबारे स्पष्ट पारेको हो । साथै भारतबाट चिनीको प्रर्याप्त आपूर्ती भइरहेको भन्दै चिनीको सञ्चय नगर्न विभागले आग्रह गरेको छ ।

चाडपर्वको समय नजिकिँदै जाँदा बजारमा चिनी अभाव हुने हल्लाका कारण उपभोक्ताले अधिक सञ्चिति गरिरहेको समेत देखिन्छ ।

‘…भाटभटेनी, विगमार्ट, सेल्सबेरी समेतका काठमाडौं उपत्यकाका एक हजार भन्दा बढी बिक्री केन्द्रहरुबाट प्रतिकेजी रु. ११० मा चिनी सर्वसुलभ रुपमा बिक्री वितरण भइरहेको व्यहोरा सबै उपभोक्ताहरुमा जानकारी गराइन्छ । साथै चिनीको सहज र पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्नुहुन समेत विभाग अनुरोध गर्दछ,’ विभागले भनेको छ ।

भोटेकोशी बाढीपछि पृथ्वीराजमार्ग बन्द भएको र यसै समयमा भारतले पनि चिनी निकासीमा प्रतिबन्ध लगाएको समाचार बाहिरिएपछि उद्योगमन्त्री आफैँले त्यस विषयमा चासो देखाएका थिए । मंगलबार चिनीको अभावबारे देखिएको समस्या पहिचान गर्न मन्त्रीकै अध्यक्षतामा बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?