सरकारलाई प्रभु बैंकको निरन्तर सहयोग : पुनः सञ्चालक तथा कर्मचारीबाट संकलित ४० लाख बढी हस्तान्तरण

प्रभु बैंकले यसअघि नै २ करोड ११ लाख ११ हजार हस्तान्तरण गरेको थियो ।

लोकपथ
0
Shares

काठमाडौं । प्रभु बैंकका संचालक तथा कर्मचारीहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको ४० लाख बढी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गरिएको छ ।

रसुवास्थित भोटेकोशी बाढीपछि प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले सञ्चालक तथा कर्मचारीहरुको तर्फबाट स्वेच्छिक रुपमा ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे हो ।
शुक्रबार संकलित रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

त्यसो त यसअघि नै बैंकका तर्फबाट आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड बढी हस्तान्तरण गरिएको थियो ।
प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि नै २ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको थियो ।

यसैगरी यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमाफ्र्mत प्रभावित परिवारलाई उपलब्ध गराएको थियो ।

प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिने प्रतिबद्घता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?