यसअघि नै सरकारलाई २ करोड बढी सहयोग गरेको प्रभु बैंकले प्रभावित क्षेत्रमै पुगेर दियो राहत सामग्री

लोकपथ
56
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले भोटेकोशी–त्रिशूली बाढी प्रभावितहरुका लागि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरेको छ ।

बिहीबार प्रभु बैंकका प्रतिनिधिहरुले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग ब्याग सम्बन्धित पीडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैैकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन् ।

त्यसो त यसअघि पनि बैंकको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको थियो ।

विपदको समयमा प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारलाई सक्दो सहयोग गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?