पहिरोले कर्णाली करिडोर अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

लोकपथ
28
Shares
फाइल तस्बिर

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ ।

हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार बाधुमा खसेको पहिरो जेसीबी प्रयोग गरेर हटाई सडक सञ्चालनमा ल्याइएको छ । तर, भुकाह खोलामा खसेको पहिरोका कारण सडक अझै अवरुद्ध छ ।

पहिरो हटाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको छ ।

सडक अवरुद्ध भएपछि विभिन्न गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?