एक साताभित्र चीनतर्फ पुनः हिमपहिरोको सम्भावना, प्राप्त भयो प्रतिवेदन

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपालको उत्तरी सीमा चीनतर्फ पुनः हिमपहिरो आउने र त्यसले बाढी निम्त्याउनसक्ने खबर प्राप्त भएको छ ।

चीनबाट प्राप्त एक प्रतिवेदन अनुसार एक हप्ताभित्र अर्को हिम पहिरोको सम्भावना रहेको जानकारी प्राप्त भएको नुवाकोट क्षेत्र नं २ का सांसद अच्युतम लामिछानेले जानकारी दिए ।

उनका अनुसार आज बसेको सुरक्षा लगायत समिक्षात्मक बैठकमा त्यसबारे चर्चा भएको थियो । साथै सांसद लामिछानेले सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

‘बेलुकाको सुरक्षा लगायत सम्पूर्ण समीक्षा बैठकमा प्राप्त सूचनालाई आधार मानेर चीनबाट प्राप्त प्रतिवेदन अनुसार एक हप्ता भित्र अर्को हिम पहिरोको सम्भावना रहेको जानकारी प्राप्त भएको छ। कुनै न कुनै तवरले हामी सजग रहनुपर्ने अवस्था छ। तर दिउँसो यो दुर्घटना हुन गएमा अग्रिम जानकारी संस्थाका साथ प्राप्त गर्न सकिनेछ। रात्रिकालिन अवस्थामा भने हामीले बढी होस् पुर्याउनुपर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

गत भदौ १० गते उत्तरी नाका चीनतर्फ हिम पहिरो र त्यसपछि आएको बाढीका कारण नेपालमा ठूलो धनजनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?