भोटेकोशी बाढीपछि नेपाललाई कुन-कुन देशले कस्तो सहयोग गर्यो ?

लोकपथ
98
Shares

काठमाडौं । भोटेकोशी बाढीपछि नेपालमा परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तर्राष्ट्रिय संस्था तथा विकास साझेदारहरूले सहयोगको हात बढाएका छन् ।

केही मुलुकले अत्यावश्यक मानवीय सहायता उपलब्ध गराएका छन् भने केहीले आर्थिक सहयोग तथा राहत सामग्री प्रदान गरेका छन् ।

परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको प्रेस ब्रिफिङअनुसार विपद्का बेला नेपाललाई समयमै ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराउने मुलुकमा भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्र रहेका छन् ।

त्यस्तै युरोपेली संघ (ईयू), एसियाली विकास बैंक (एडीबी), विश्व बैंक, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संघसंस्था तथा नेपालका मित्रराष्ट्रहरूले पनि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विपद्को यस कठिन समयमा व्यक्तिगत, सामाजिक तथा विभिन्न संस्थाहरूले समेत नेपाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाल सरकारले विपद्का बेला साथ, सहयोग र ऐक्यबद्धता जनाउने सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?