सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

लोकपथ
210
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार जारी गरेको सूचनामार्फत भदौ १९ देखि २१ गतेसम्म परेको लगातार सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई बिदाका दिनमा अत्यावश्यक बैंकिङ सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ ।

साथै, बिदाका दिन बैंकिङ सेवा सञ्चालन हुने जानकारी उपयुक्त माध्यमबाट आफ्ना ग्राहक तथा सरोकारवालालाई गराउनसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

रसुवालगायतका जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा राहत वितरण तथा खोज तथा उद्धार कार्य भइरहेकाले अत्यावश्यक बैंकिङ सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?