भदौ २३ गते ‘जेनजी शहिद दिवस’ घोषणा, देशभर सार्वजनिक बिदा

लोकपथ
63
Shares

काठमाडौं । सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहिद दिवस’ घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेनजी आन्दोलन भएको दिन भदौ २३ गतेलाई ‘जेनजी शहिद दिवस’का रूपमा मनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा उक्त दिनलाई सहिद दिवसका रूपमा घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?