काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले देशमा आएको विपत्तिसँग दृढताका साथ सामना गर्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपत्तिको समयमा देशको नेतृत्वले आँसु होइन, नागरिकलाई हिम्मत र भरोसा दिनुपर्ने बताए ।
उनले पछिल्लो विपत्ति देशकै छातीमा वज्रपात भएको उल्लेख गर्दै दृढ संकल्प र साहसका साथ विपत्तिको सामना गर्न सरकार लागिरहेको बताए ।
‘दृढ संकल्प र साहसका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौँ,‘प्रधानमन्त्री शाहले भने ।
उनले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार आवश्यक सबै प्रयास गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया