काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ । समितिबाट तीन जना बाहिरिएका छन् भने तीन जना नयाँ सञ्चालक नियुक्त भएका छन् ।
बैंकका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्साल बाहिरिएका छन् । त्यस्तै, कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवनकुमार कट्वाल पनि समितिबाट बिदा भएका छन् ।
अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै पिताम्बर भण्डारी र देवराज जोशी नयाँ सञ्चालक नियुक्त भएका छन् । कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालक बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया