काठमाडौं । झापाको मेचीनगर–४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले बाढीपीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत र उद्धारका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ जम्मा गर्ने जनाएको छ ।
कम्पनीका अनुसार विपद्को समयमा पीडितलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले कम्पनी र कर्मचारीको सामूहिक प्रयासमा उक्त सहयोग गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया