त्रिशूली ‘३ए’ मा थप प्रगती : टनेल भेटियो, उद्धारका लागि भित्र जाने तयारी

लोकपथ
91
Shares

काठमाडौं । भाद्र १० को रसुवा बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारको काम भइरहेको छ ।

मित्र राष्ट्रहरु चीन र भारतका विज्ञसहितको टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न आयोजनामा फसेकाहरुको उद्धारको काम भइरहेको छ ।

इन्जिनियर समेत रहेका रास्वपा सांसद सागर ढकाल र श्रीराम न्यौपाने त्रिशूली थ्री ए को टनेल खोज्ने काममा सक्रिय रहेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै न्यौपानेले आफूहरुले टनेल भेटेको जानकारी दिएका छन् ।

यता अर्का सांसद सागर ढकालले आफूहरू त्रिशूली ३ एमा सुरुङको ड्रिलिङको काम सकाएर भित्र जाने तयारीमा रहेको बताए ।

ुहामी अहिले फिल्डमै छौँ । अहिले त्रिशूली ३ ‘ए’ मा ड्रिलिङको काम सकाएर भित्र जाने तयारी गर्दै छौँ । केही समयमा उद्धारकर्मी भित्र जाने तयारी भइरहेको छ । नआत्तिनुहोला, यहाँ धेरै जनाको उद्धार गर्न बाँकी छ,’ उनले भनेका छन् ।

यता उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले पनि टनेल भेटिएको र भित्र प्रवेश गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

केही तस्बिरहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?