काठमाडौं । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि नेपाल सरकारले विशेष टोली परिचालन गरेको छ ।
उद्धारका लागि नेपाल सरकारको अनुमतिमा ६ जना चिनियाँ प्राविधिक विज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग मिलेर उद्धारको काम गर्नेछ ।
संयुक्त टोलीले सुरुङभित्रको अवस्था र उद्धार गर्न सकिने सम्भावनाबारे प्राविधिक निरीक्षण गर्नेछ। निरीक्षणपछि उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई पनि घटनास्थलमा बोलाइनेछ ।
सुरुङभित्रको अवस्था जोखिमपूर्ण र चुनौतीपूर्ण रहेकाले नेपाली सेना र चिनियाँ प्राविधिक टोलीले समन्वय गरेर उद्धारको प्रयास गरिरहेका छन्। सरकार फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न सबै सम्भव प्रयास गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया