काठमाडौं । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार १८४ जना पर्यटकको उद्धार गरिएको छ भने ३ जना सम्पर्कमा आएका छन् । अझै ४२० जना पर्यटक सम्पर्कविहीन छन् ।
गत १० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा गएका धेरै पर्यटक सम्पर्कविहीन भएका थिए ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । बोर्डका अनुसार ११४ जना भारतीय पर्यटकको उद्धार भएको छ । यस्तै, चीनका २७, दक्षिण कोरियाका २०, जर्मनीका ४, माल्टाका ४, अमेरिका र इटालीका ३–३ जना पर्यटकको उद्धार गरिएको छ ।
बाढीका कारण प्रभावित जिल्लाका केही सडक अझै अवरुद्ध छन् । तर, अन्य धेरै सडक सञ्चालनमा आइसकेको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले पर्यटकलाई यात्रा गर्नुअघि मौसमको अवस्था र सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया