काठमाडौं । विश्वको लोकप्रिय इन्टरनेट सर्च इन्जिन गुगलले नेपालमा आएको बाढीसम्बन्धी आपतकालीन सूचना तथा अपडेट सेवा सुरू गरेको छ ।
गुगलले आफ्नो होमपेजमै नेपालको बाढीसम्बन्धी आपतकालीन जानकारी र अपडेटका लागि विशेष लिंक राखेको हो । उक्त लिंकमार्फत बाढी प्रभावित क्षेत्रको नक्सा, क्षतिको विवरण तथा खोज, उद्धार र राहतसम्बन्धी जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।
त्यस्तै, बाढी तथा उद्धारसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार, भिडियो तथा अन्य महत्वपूर्ण सामग्रीसमेत उक्त प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।
प्राकृतिक विपद्का समयमा नागरिकलाई द्रुत, विश्वसनीय र समयमै सूचना उपलब्ध गराउने उद्देश्यले गुगलले यो प्रणाली सक्रिय गरेको जनाएको छ ।
यसले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन, उद्धार तथा राहत गतिविधिबारे अपडेट हुन र आवश्यक सूचना सहज रूपमा प्राप्त गर्न नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया